
वीरगन्ज । नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले निर्माणधिन वीरगन्ज क्रिकेट मैदानको अवलोकन गरेका छन । उनले यही रंगशालामा हुने एलिट कप (जय शाह राष्ट्रिय प्रतियोगिता) लाई लक्षित गरी निर्माणधिन रंगशालाको अवलोकन गरेका हुन ।
शनिबार बिहान रंगशालामा आएका उनी रंगशालाको अवलोकन पश्चात आफ्नो गृहनगर कलैया बारा गएका थिए । रंगशालाको अवलोकनको क्रममा पर्सा क्रिकेट संघ पर्साका अध्यक्ष मनिष सिंह संग यसबारे जानकारी लिएका थिए ।