वीरगन्ज ,११ माघ । नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखा वीरगन्जको सहसचिवमा डा. अजय यादव र सहकोषाध्यक्षमा डा. विवेक यादव निर्वाचित भएका छन ।
डा. अजयका निकटतम प्रतिद्वन्दी डा. महम्द सफरोज अन्सारीले एक सय ९५ मत पाए भने डा. विवेकका निकटतम प्रतिद्वन्दी एक सय ८९ मत पाएका हुन् ।
सहसचिवमा डा. अजयले २ सय १४ र सहकोषाध्यक्षमा डा. विवेकले २ सय मतका साथमा निर्वाचित भएका हुन् ।
१३ सदस्यीय कार्यसमितिको निर्वाचनमा ४ सय २० मत खसेको थियो ।
भने सचिव पदमा तीन वटा मत बदर भएको निर्वाचन अधिकृत डा. जेपी जैसवालले जानकारी दिए ।
