काठमाडौँस्थित युनिभर्सल इन्जिनियरिङ कलेजमा आज नेसनल इन्जिनियर एसोसिएसन केन्द्रीय कमिटीको आयोजनामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा देशभर रहेका स्वतन्त्र इन्जिनियरहरूलाई संगठित गर्दै उनीहरूको पेशागत हक, अधिकार र क्षमता अभिवृद्धि गर्ने तथा आगामी दिनमा इन्जिनियरिङ संगठनलाई अझ सुदृढ, प्रभावकारी र एकताबद्ध बनाउने विषयमा गम्भीर छलफल तथा अन्तरक्रिया गरिएको थियो।

देशको विकास निर्माण, पूर्वाधार विकास र प्राविधिक क्षेत्रको समग्र सुधारमा इन्जिनियरहरूको महत्वपूर्ण भूमिका रहने भएकाले इन्जिनियरहरूको पेशागत सम्मान, अधिकार र संस्थागत एकतालाई थप मजबुत बनाउन आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए।

साथै, देशभर छरिएर रहेका स्वतन्त्र इन्जिनियरहरूलाई एउटै साझा उद्देश्य र एजेन्डामा जोड्दै सशक्त, पारदर्शी र उत्तरदायी इन्जिनियरिङ संगठन निर्माण गर्ने विषयमा आगामी दिनमा थप कार्यक्रम तथा अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रममा सहभागी इन्जिनियरहरूले संगठनलाई प्रदेश तथा जिल्ला तहसम्म विस्तार गर्दै इन्जिनियरहरूको आवाजलाई सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्‍याउनुपर्नेमा जोड दिएका थिए।

समग्रमा, आजको अन्तरक्रिया कार्यक्रमले देशभरका इन्जिनियरहरूबीच एकता, सहकार्य र पेशागत अधिकारका लागि साझा अभियान निर्माण गर्ने दिशामा महत्वपूर्ण आधार तयार गरेको सहभागीहरूको निष्कर्ष रहेको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा इ. तपेश्वर यादवको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता इ.गौरी पण्डित ( मधेश प्रदेश NEA अध्यक्ष तथा NEAN incharge) जीले गर्नुभएको थियोे ।

त इ .तेज नारायण यादवको (NEA केन्द्रिय सदस्य तथा NEAN प्रदेश अध्यक्ष )विशेष अतिथिका रूपमा सहभागिता रहेको थियो , तथा इ. परवेज खान ( केन्द्रिय सचिव NEAN) को अथिति को रूप मा कार्यक्रम आयोजना गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय