वीरगन्ज ,५ भदौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रहबर अन्सारीले रसुवाको भोटेकोशी बाढीबाट बेपत्ता भएका परिवारमा पुगेका छन् ।
बारा क्षेत्र नम्बर ४ का सांसद अन्सारी सोमबार बिहान गाडी सहचालक परवानीपुर गाउँपालिका १ रहरिया निवासी २४ बर्षिय निरज कुशवाहाको घरमा पुगेका हुन ।
उनले बेपत्ता भएका कुशवाहाका परिवारलाइ भेट्दै बाढी प्रभावित परिवारको यो दुखमा सरकारको उपस्थिति रहेको बताए ।
सरकारी तथ्यांकअनुसार रसुवा बाढीमा अझै ५ हजार १३० जना बेपत्ता रहेको उल्लेख गर्दै उनले आफ्नो गृहजिल्ला र आफ्नो निर्वाचन क्षेत्रबाट बेपत्ता भएकाहरुको सुची सरकारी निकायमा रहेको बताए।
बाढी प्रभावित परिवारसँग भेट्न आफ्नो निर्वाचन क्षेत्रमा पुगेको उल्लेख गर्दै अन्सारीले प्रभावित परिवारलाई साथ दिने र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । रसुवाको बाढीमा परवानीपुर गाउँपालिका का मात्रै चार जना बेपत्ता भएका छन ।
आइतबार परवानीपुर गाउँपालिका ५ निवासी नमोनारायण सिंहको पनि घरमा पुगेका थिए ।