जितपुरसिमरा उपमहानगरपालिका–१, दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति दुःख व्यक्त गर्दै खेलाडीहरुले दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेका छन्।
पर्सा जिल्ला खेलकुद बिकास समितिको परिसरमा खेलाडीहरु बालिका गरिमाको सम्झनामा दीप प्रज्वलन गर्दै घटनाले सम्पूर्ण समाजलाई स्तब्ध र मर्माहत बनाएको बताएका छन् । उनीहरूले बालिकाको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । दीप प्रज्वलनमा पर्सा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिपक कुमार साह कानु , कार्यालय प्रमुख नाजिर अन्सारी , प्रशिक्षकहरु राजकुमार महतो , दिलिप पटेल , बिकाश गुप्ता सहितका प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।
