वीरगञ्ज, ३ माघ : शक्ति यूवा क्लबको आयोजनामा पाँचौ परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता गराउने निर्णय भएको छ ।

आगामी चैत ७ गतेदेखि परवानीपुर खेल मैदानमा उक्त फुटबल प्रतियोगिता सञ्चालन हुने निर्णय भएको हो ।

                       क्लबका अध्यक्ष सुबोध श्रीवास्तवको अध्यक्षतामा शनिबार बसेको बैठकले प्रतियोगिताको संयोजकमा क्लबका वरिष्ठ उपाध्यक्षमा सञ्जय मण्डल र सहसंयोजकमा क्लबका उपाध्यक्षमा दिपक यादवलाई जिम्मेवारी तोकेको छ ।

                       यस्तै बैठकले माघ १७ मा क्लबका पदाधिकारी र सदस्यहरुलाई बनभोज कार्यक्रममा सहभागि गराउने निर्णय भएको अध्यक्ष श्रीवास्तवले जानकारी गराए ।

                        बनभोजको व्यवस्थापन गर्न क्लबका अर्का उपाध्यक्ष हुलास यादव र कोषाध्यक्ष सोनालाल मण्डललाई जिम्मेवारी दिएको महासचिव धु्रव प्रसाद साहले बताए । क्लबलाई नियमित चलाएमान बनाउन प्रत्येक महिनामा बैठक बस्ने उक्त बैठकबाट निर्णय समेत गरिएको छ ।

                  बैठकमा क्लबका सल्लाहकार राज महम्मद मियाँ, उमेद राम, सदस्यहरुमा मनोज मिश्र, तिवारी यादव, इमाम आलम, रमेश सर्राफ, सलिम आलम, मनिर आलम लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय