गत फागुन २१ सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनले अहिले देशव्यापी रुपमा युवाहरुको राजनितिमा उदय भएको छ ।
लामो समयदेखि नेपाली राजनितिमा हाबि रहेका ५० बर्ष भन्दा माथीका नेताहरुको फागुनको निर्वाचनमा निरासाजनक बर्हिगमनले अब युवाहरुको राजनितिकमा आर्कषण पनि बढेको छ ।
अहिले विभिन्न पेशा र व्यवसायमा सक्रिय रहेका युवाहरु अब सक्रिय राजनितिमा प्रवेश गर्न तयारी पनि थालेका छन ।
आउँदो बैशाखमा हुन लागेको स्थानीयतहको निर्वाचनमा युवाहरुको माग बढेपछि अहिले सक्रिय हुन थालेका छन ।
देशव्यापी बढेको युवाहरुको आर्कषणले अब स्थानीयतहको निर्वाचनमा पनि युवाहरु नै अधिकांश उम्मेदवार बन्ने देखिन्छ ।
सुर्वणमा ईन्जिनियर परवेजको चर्चा
बाराको सुर्वण गाँउपालिकाको अध्यक्ष पदको उम्मेदवारमा युवा ईन्जिनियर परवेज खानको चर्चा हुन थालेको छ ।
सुवर्ण गाँउपालिका ८ परशुरामपुर निवासी ३२ बर्षीय ईन्जिनियर खानको ०८४ सालको स्थानीय निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारको रुपमा चर्चा हुन थालेको हो
राजनिनिशास्त्रमा स्नातककोतर समेत गरेका ईन्जिनियर खानलाई उम्मेदवार बन्न जनस्तरमा चर्चा चुलिएको छ ।
राजनितिकमा युवाहरु बढ्दै गएपछि करिब एक दशक देखि ईन्जिनियरिङ पेशामा सक्रिय रहेका खानलाई यसपटकको उनलाई पालिकाको अध्यक्षको उम्मेदवार बन्न दबाद हुन थालेको अवस्था छ ।
पछिल्लो समयको राजनितिमा युवाहरु आर्कषण र लोकप्रियता बढ्दै
गएपछि समाजका विभिन्न पेशामा आवद्ध रहेका युवाहरुलाई अब राजनितिमा प्रवेश गर्न दबाद बढेको हो ।
पेशागत रुपमा सक्रिय रहेका खानलाई अब पालिकाको बिकाशमा आफ्नो क्षमता प्रदर्शन गर्न अवसर दिने स्थानीयस्तरमा चर्चा हुन थालेको छ ।
अहिलेको सरकारको नेतृत्व नै युवाहरु नै गर्न थालेपछि समाजिक र राजनितिक रुपमा चेतना बोकेका खानलाई पालिकाको जिम्मेवारी दिने स्थानीय युवाहरुको आवाज छ ।
कामको शिलशिलामा १० जिल्लामा पुगेर बिकाश निर्माणको काम गरेका ईन्जिनियर खानले यसपटक पालिकाको कार्यभार सम्हाल्ने गरी अगाडी बढेको उनका समकक्षीहरु बताउने गरेका छन ।
उनी निर्वाचित भएपछि पालिकाको बिकाश , शिक्षाको बिकाश , आधुनिक शिक्षा , कृषि आधुनिकिकरण , रोजगार ,युवाहरुको आत्मसम्मान र सामाजिक बिकाश मुख्य रुपमा अगाडी बढ्ने भएकाले उनलाई अवसर प्रदान गर्ने तयारी छ ।
सानै उमेर देखि राजनितिक रुपमा चेतनशील रहेका खानलाई पालिकाको जिम्मेवारी दिईएको बिकाशको नमुना पालिका बनाउने दाबि गर्दै आएका छन ।
कामको शिलशिलामा अधिकांश पिडा र समस्या बुझेका उनले अब सक्रिय रुपमा राजनितिक गर्ने मनसायमा रहेको बताउँदै आएका छन ।
विपिको सिद्धान्तबाट राजनितिक चेतना बोकेका उनले अब नयाँ तरिकाले आफ्नो अगाडी बढ्ने उनको भनाई छ ।
