नेकपा एमालेको ११औँ महाधिवेशनमा महिला खुला तर्फ केन्द्रीय सदस्य पदकी उम्मेदवार सिता सुवेदीको जित सुनिश्चित जस्तै देखिएको छ। युवा संघ नेपालको २ कार्यकाल पुर्व उपाध्यक्षसमेत रहेकी सुवेदी संगठनभित्र लोकप्रिय र प्रभावशाली नेतृका रूपमा चिनिन्छिन्।

पार्टीको विभिन्न जिम्मेवारी सम्हाल्दै संगठन विस्तार, युवा परिचालन र नेतृत्व विकासमा सक्रिय भूमिका खेलेकी सुवेदीले कार्यकर्ता तहदेखि नेतृत्व तहसम्म राम्रो पकड बनाएकी छन्। यही कारण केपि ओलि प्यानल मात्र होईन एमालेभित्रका विभिन्न धारका नेताहरू र महाधिवेशन प्रतिनिधिहरूबीच उनको समर्थन उल्लेखनीय रहेको बताइन्छ।

एमालेको ११औँ महाधिवेशनमा सुवेदीलाई अनुभवी, समर्पित र भरोसायोग्य नेतृका रूपमा लिइएको छ। महिला नेतृत्वलाई सशक्त बनाउने, पार्टी संगठनलाई थप मजबुत बनाउने र युवाको आवाज केन्द्रिय तहमा प्रभावकारी रूपमा उठाउने क्षमता उनमा रहेको नेताहरूको बुझाइ छ।

यिनै आधारमा महिला खुला तर्फ केन्द्रीय सदस्य पदमा सिता सुवेदीको जितलाई लगभग सुनिश्चित मानिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय