वीरगन्ज । राष्ट्रिय युवा संघ नेपाल पर्साको ८ औ जिल्ला अधिबेशनले सर्वसम्मत जिल्ला नेतृत्व चयन गरेको छ । अधिवेशनले सुभाष साहको अध्यक्ष्तामा ५१ सदस्यीय सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । नवनिर्वाचित उपाध्यक्षमा दिपक पटेल ,सचिवमा राकेश महतो ,उपसचिवमा शाहीद अन्सारी ,उपसचिवमा मोहन वर्णवाल र कोषाध्यक्ष मुकेश यादव चयन भएका छन । यस्तै युथ फोर्स विभाग प्रमुखमा नसिम अख्तर , साइवर सर्कल विभाग प्रमुखमा त्रिलोकी पटेल र महिला विभाग प्रमुखमा अनिता सिलवाल निर्वाचित भएका हुन ।

आईतबार उद्घाटन भएको जिल्ला अधिवेशनको सर्वसम्मत नेतृत्व चयन गर्ने प्रक्रियाले विवाद पनि भएको थियो । अध्यक्षमण्डलका नेताहरुको अथक प्रयास पछि सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय