उज्यालो नेपाल पार्टी पर्साका संयोजक रामबाबू यादवले जिम्मेवारी पाएसँगै पार्टी गतिविधिलाई तीव्र बनाएका छन्। संयोजकको जिम्मेवारी सम्हालेकै दिनदेखि उनले जिल्लामा पार्टी विस्तारका लागि भेटघाट र छलफललाई प्राथमिकता दिँदै आएका छन्। यही क्रममा मंगलबार उनले जिल्लाका विज्ञ टोलीसँग आगामी कार्ययोजना र रणनीतिबारे विस्तृत छलफल गरेका छन्।

भ्रष्टाचारमुक्त समाज निर्माण, युवालाई नेतृत्वमा जोड्ने अभियान र निरन्तर जनसेवामा सक्रिय भूमिकाका लाग्न बैठकमा उनले योजना सुनाएका छन । जिल्ला संयोजक यादवले पर्सामा पारदर्शी, उत्तरदायी र जनमुखी नेतृत्व प्रदान गर्ने प्रतिबद्धता जनाउँदै, “युवा सहभागिता बढाउँदै शिक्षा, रोजगारी र आधारभूत सेवाका क्षेत्रमा जनताको समस्या समाधानमा परिणाममुखी काम गर्ने” प्रतिक्रिया दिनुभएको छ।

आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारका बालबालिकालाई विद्यालयसम्म जोड्ने पहल, शैक्षिक सामग्री सहयोग, शैक्षिक चेतना अभिवृद्धि कार्यक्रम तथा विद्यार्थी मार्गदर्शनमार्फत उहाँले पर्साका विभिन्न समुदायमा सकारात्मक प्रभाव छोड्आन आग्रह गरेका छन । बैठकमा वीरगन्ज महानगरपालिका २० का वडाअध्यक्ष रामकिशोर सिंह पराग सहितका युवा नेताहरुको सहभागी रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय