वीरगन्ज ,२७ भदौ । सिरहाको औरही गाउँपालिका अन्तर्गत शनिबार आयोजित एक कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको बिरोध भएको छ ।

मन्त्री पोखरेलले स्थानीय पार्टी कमिटीलाई जानकारी नै नदिई विद्यालय भ्रमण तथा भेटघाट कार्यक्रममा पुगेपछि बिरोध भएको हो ।

सिरहा क्षेत्र नम्बर २ भित्रको विद्यालय भ्रमणमा स्थानीय पार्टी कमिटिलाई वेवास्ता गर्दै पुगेपछि स्थानीय नेताले मन्त्री बोल्ने क्रममा रोकेका थिए ।

सिरहा निवासी रास्वपा सहमहामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य पुरुषोत्तम यादव र शिव शंकर यादवले स्थानीय कमिटीलाई वेवास्ता गर्दै उक्त कार्यक्रम आयोजना गरेका थिए ।

स्थानीय पार्टी कमिटीलाई वेवास्ता गरेपछि मन्त्री पोखरेल बोल्ने क्रममा बिरोध गरेपछि उनीहरू कार्यक्रम स्थलबाट बाहिरीएका थिए ।

स्थानीय कमिटीका अनुसार प्रतिनिधि सभा सदस्य शिवशंकर यादवद्वयले मनोमानी तरिकाले कार्यक्रम आयोजना गर्दै स्थानीय कमिटीलाई वेवास्ता गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय