लोकतान्त्रिक समाजवादी पार्टीका क्षेत्रिय नेता जगतनारायण महतो शुक्रबार बिहान पार्टी छाडेको आफ्नो सामाजिक संजालमा मार्फत घोषणा गरे । उनले सामाजिक संजालमा लेखेको केही बेरमा पार्टीका नेताको दबाबमा उक्त पोष्ट हटाउँदै फेसबुक पेज ह्याक भएको बताउन थाले । ०७८ सालमा शिक्षक पदबाट राजिनामा दिएका उनले ०७९ सालको स्थानीय निर्वाचनमा परवानीपुर गाँउपालिकाको अध्यक्ष पदमा निर्वाचन लडे ।

क्षेत्रिय नेता महतो स्थानीय निर्वाचनमा निकटत प्रतिद्धन्दीको रुपमा स्थान हासिल गरे । परवानीपुर गाँउपालिका वडा नम्बर १ बलुवा निवासी शिक्षक नेता महतोमा अहिले अस्थिरता देखिएको उक्त सामाजिक संजालको गतिविधिले देखिएको छ गत साता जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी बिच एकता हुने सहमति भएपछि उनले पार्टी छाड्ने रणनितिमा थिए ।

सोही रणनिति अनुसार उनले पार्टी छाडेको घोषणा गरेको कार्यकर्ताको बुझाई छ । तर पार्टीका नेताको दबाब थेग्न नसकेपछि उनले राजिनामा दिएको पोष्ट हटाएका हुन । महतोको बुझाईमा यहाँ लोसपा पार्टी व्यक्तिगत क्लब जस्तो भएकाले यो पार्टीबाट जनताको सेवा गर्न अवसर पाउने नसक्ने बुझेर पार्टीमा बस्न मानिरहेका छैनन् । दबाद थेग्न नसकेका अस्थिर क्षेत्रिय नेता महतोलाई यहाँका जनताले सेवा दिन ठाँउमा पुर्याएको समयमा के गर्लान भन्ने चर्चा हुन थालेको छ । अब आगामी दिनमा कुन पार्टीमा जान्छ र निर्वाचन कसरी लडछन हेर्न भने बाँकी नै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय