वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखाबाट जारी गरिएको प्रेस विज्ञप्तिपछि शाखा कार्यसमितिभित्रै विवाद चर्किएको छ । अध्यक्ष ओमप्रकाश खनाल र सचिव विजय कुमार महतोले बिना कुनै छलफल र कार्यसमितिको सामूहिक निर्णयविना एकलौटी रूपमा विज्ञप्ति जारी गरिएको भन्दै अधिकांश पदाधिकारी तथा सदस्यहरूले असन्तुष्टि जनाएका छन् ।
महासंघ पर्सा शाखाले सदस्यता शुद्धीकरण प्रक्रिया र कार्यालयमा लगाइएको तालाबन्दी सम्बन्धमा आज प्रेस विज्ञप्ति सार्वजनिक गरेपछि कार्यसमितिका सदस्यहरूले उक्त विज्ञप्ति संस्थागत निर्णय नभई केही व्यक्तिको मनपरी शैलीमा जारी गरिएको आरोप लगाएका छन् ।
विरोधमा उत्रिएका सदस्यहरूले महासंघको अधिकारिक फेसबुक ग्रुपमा अध्यक्ष र सचिवको एकलौटी निर्णयको विरोध गरेका छन । महासंघजस्तो साझा संस्थामा कुनै पनि आधिकारिक धारणा सार्वजनिक गर्दा कार्यसमितिमा छलफल, सहमति र पारदर्शिता आवश्यक हुने सदस्यहरुको भनाई छ । उनीहरूले शाखाको आधिकारिक धारणा भन्दै जारी गरिएको विज्ञप्तिले समग्र कार्यसमितिको भावना प्रतिनिधित्व नगरेको केही पदाधिकारी र सदस्यले जनाएका छन् ।
केही सदस्यहरूले शाखाभित्र पछिल्लो समय एकलौटी निर्णय गर्ने प्रवृत्ति बढेको आरोप समेत लगाएका छन् । उनीहरूका अनुसार संस्थाको आन्तरिक विवाद समाधानका लागि संवाद र सहमतिको बाटो अपनाउनुपर्ने बेला अध्यक्ष र सचिवका कारण उल्टै विवाद झन् गहिरिने अवस्था सिर्जना भएको छ ।
महासंघ पर्सा शाखाभित्र देखिएको यो विवादले पत्रकार वृत्तमै तरंग पैदा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय