बारा / बाराको कोल्हबीमा विद्युतीय धराप थापेर जंगली हात्ती मारेको घटनाका आरोपीहरूलाई पक्राउ गर्न जिल्ला अदालत बाराले आदेश दिएको छ। हात्ती मारेको घटनामा अनुसन्धान गरिरहेको डिभिजन वन कार्यालय बाराको अनुरोधमा स्थानीय ६ जना आरोपीहरुमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत बाराले पक्राउ गर्ने आदेश दिएको हो।

‘पक्राउ पुर्जी जारी गरिसकेका छौँ, डिभिजन वन कार्यालय बाराका अनुसन्धान अधिकृत नेपाली साहले भने, ‘पक्राउ गरेर वन कार्यालयमा बुझाउन सम्बन्धित सबै निकायमा पत्राचार गरिसकिएको ।’ वन र आबादी जमिनको सीमामा विद्युत् प्रवाह गरेर राखिएको जिआई तारमा पारेर हात्ती मार्नेलाई पक्राउ गरेर कारबाही गरिने उनले बताए ।

पोस्टमार्टम रिपोर्ट र अन्य अनुसन्धानबाट पनि विद्युतीय धरापमा पारेर हात्ती मारिएको पाइएको र पर्सा राष्ट्रिय निकुञ्जको चिकित्सक टोलीले तयार पारेको पोस्टमार्टम रिपोर्टमा पनि करेन्ट नै लागेर हात्तीको मृत्यु भएको देखिएको साहले जानकारी दिए । धानबाली जोगाउने नाममा राखिएको विद्युतीय धरापमा परेर हात्ती मारिएको वनले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय