वीरगन्ज,२१ असोज / नेकपा एमाले मधेश प्रदेश कमिटि सदस्यमा मनोनित भएकाहरुको बुधबार सपथ ग्रहण भएको छ । गत भदौ महिनामा प्रदेश कमिटि सदस्य मनोनित भएकाहरुलाई बर्दिबासमा सपथ ग्रहण गराईएको हो ।

पर्साबाट अमल यादव, राजेन्द्र यादव, बिक्की सिंह , लालबहादुर श्रेष्ठ, प्रदीप जैसवाल, पुरण कुर्मी, अफजल हुसैन र सन्तोष सिंह प्रदेश कमटिी सदस्यमा मनोनति भएका छन ।

नेकपा एमाले मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा भएको सपथ ग्रहण कार्यक्रममा प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ, प्रदेश उपाध्यक्ष विचारी यादव, सचिव मनोज पौडेललगायत सचविालय सदस्यहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय