वीरगञ्ज,१८असोज । कालिकामाई गाउँपालिकाका निवर्तमान अध्यक्ष स्वर्गीय नाथुनी कुशवाहाका छोरा डा. दिलिप कुशवाहा नेकपा एमालेमा प्रवेश गरेका छन्। पछिल्ला समय कांग्रेसमा सक्रिय रहेका उनी एमाले प्रवेश गरेका हुन । एमालेले उनलाई आगामी स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने भएको छ।
वीरगञ्जमा आयोजित एक कार्यक्रममा नेकपा एमाले पर्साका जिल्ला अध्यक्ष विश्वम्भर शर्मा र कालिकामाई गाउँपालिका कमिटीका अध्यक्ष अनुप तिवारीले संयुक्त रूपमा टीका तथा माला लगाएर कुशवाहालाई पार्टीमा स्वागत गरेका हुन्।
पार्टी प्रवेशपछि आगामी निर्वाचनमा डा. कुशवाहालाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने विषयले कालिकामाईको राजनितिक वृत्तमा चासो बढाएको छ। गाउँपालिका कमिटीका अध्यक्ष अनुप तिवारीले डा. कुशवाहा आगामी निर्वाचनमा गाउँपालिका अध्यक्षको उम्मेदवार रहने बताएका छन्।
पार्टी प्रवेश कार्यक्रममा कालिकामाई गाउँपालिका–२ का वडाध्यक्ष सोनालाल चौरसिया, वडाध्यक्षका प्रत्याशी जितेन्द्र कलवार, पालिका कमिटी सचिव पन्लनालाल चौरसिया,युवा संघका अध्यक्ष असलम आलम,धुरी साह गोण लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय