मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई साधारण तारेखमा राख्न रिहा गर्न पर्सा अदालतले आदेश गरेको छ । मंगलबार भएको थुनछेक बहसपछि सुनुवाईमा प्रसाईलाई अदालतले साधारण तारेखमा छाड्न आदेश गरेको हो ।
पर्सा जिल्ला अदालतका ईजलाश नम्बर १ का न्यायधीश गायत्री प्रसाई रेग्मीमा भएको सुनुवाई पछि साधारण तारेखमा राख्न आदेश भएको पर्सा जिल्ला अदालतक श्रेस्तदार प्रभाकर मल्लिकले जानकारी दिए ।
प्रसाईंविरुद्ध जिल्ला सरकारी वकील कार्यालय पर्साले सोमबार दर्ता गराएको विद्युतीय कारोबार तथा राज्यविरुद्धको कसुर सम्बन्धी मुद्दा दर्ता गरेको थियो ।
प्रसाईंलाई गत जेठ ४ गते राति सिद्धार्थ दियालो होटलबाट पर्सा प्रहरीले नियन्त्रणमा लिएको थियो । वीरगन्ज आएका बेला पक्राउ परेका प्रसाईंले आफूलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।
