वीरगन्ज,९ जेठ / जिल्ला स्तरिय १६ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता शनिबार देखि सुरु भएको छ । वीरगन्जको नारायणी रंगशालामा प्रतियोगीताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी मधेश खेलकुद परिषदका सदस्य सचिव शिवजी गुप्ताले गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै सदस्य सचिव गुप्ताले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीतामा अनुशासन संगै प्रतिभा र क्षमता प्रदर्शन गर्न आग्रह गरेका थिए । उनले प्रतियोगितालाई व्यवस्थित, मर्यादित र सफल बनाउन सुरक्षा, व्यवस्थापन तथा प्राविधिक रुपमा ध्यान दिन सुझाएका थिए
पर्सा जिल्ला खेलकुद विकास समितिको आयोजनामा संचालनमा आएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता आईतबार सम्म चल्नेछ । प्रतियोगीतामा वीरगन्ज महानगरपालिका , पर्सागढी नगरपालिका , संखुवा प्रसौनी गाँउपालिका र ठोरी गाँउपालिकाका विद्यालयका विद्यार्थीहरू सहभागी भएका छन ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो लगायत विभिन्न खेल समावेश गरिएका छन् । जिल्लाभरका विद्यालयका छात्र–छात्राहरूबीच हुने प्रतिस्पर्धाले खेल प्रतिभा पहिचान तथा खेलकुद विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको समितिले जनाएको छ ।
पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक साह कानुको अध्यक्षतामा भएको कार्यक्रममा कार्यालय प्रमुख महमद नाजिर हुसेन, प्रहरी नायब उपरीक्षक राजु कार्की, सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौला, नेपाली सेनाको श्री जंग गण वीरगन्जका उपसेनानी सन्देश तामाङ्ग, नेपाल कबड्डी संघका केन्द्रिय सचिव महम्द फिरोज शेख, नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव , पत्रकार शम्भु कुमार सुमन र एथलेटिक्स प्रशिक्षक विश्वेश्वर पटेल , आकाश पटेल लगायतको सहभागिता रहेको थियो ।
