
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले आफ्ना दुई जना मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । पार्टीको यसअघि बसेको बैठकले सो निर्णय गरेको हो ।
सो निर्णयबारे प्रधानमन्त्री कार्यालयलाई समेत जानकारी गराइसकिएको उक्त पार्टीका उपाध्यक्ष परशुराम बस्नेतले जानकारी दिए । बैठकले अर्का दुई जनालाई मन्त्रीमा पठाउने निर्णय गरेको समेत उनले बताए ।
सरकारमा मन्त्री रहेका प्रदीप यादव र नवलकिशोर साहलाई फिर्ता बोलाउने र डा.वीरेन्द्र महतो र रञ्जु झालाई मन्त्रीमा पठाउने निर्णय भएको उनले बताए ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर जसपा गठन भएपछि सरकारमा जाने बेला रञ्जु झाको नाम पनि विना विभागीय मन्त्रीमा सिफारिस भएको थियो तर उनी विना विभागीय मन्त्रीमा नजाने बरु एक वर्ष कुर्ने भनेकी थिइन् ।
त्यस्तै यसअघि जसपा नेपाल सरकारमा रहेको बेला डा.वीरेन्द्र महतो वनमन्त्री भएका थिए । Source : Ratopati