कपा (एमाले) मधेश प्रदेश कमिटीले बुधबार एक समारोहबीच विभिन्न विभागमा मनोनीत सदस्यहरूलाई औपचारिक रूपमा पत्र हस्तान्तरण गरेको छ। मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवले नियुक्त पत्र प्रदान गर्दै सबै मनोनीत सदस्यहरूलाई जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न आग्रह गर्नुभयो।

पार्टीको असार २८ गते सम्पन्न बैठकको निर्णयअनुसार जयप्रकाश थारु संसदीय विकास विभागको सदस्य तथा सचिवालय सदस्यमा, केसी लामिछाने प्रचार तथा प्रकाशन विभागको सदस्यमा, रामकिसोर सिंह पराग स्थानीय विकास विभागको सदस्यमा र ईना अधिकारी आचार्य सहकारी तथा गरिबी निवारण विभागको सदस्यमा मनोनीत गरिएको हो।

पत्र हस्तान्तरण समारोहमा उपाध्यक्ष यादवले भन्नुभयो, “पार्टीले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नु आजको आवश्यकता हो। जनताको विश्वास जित्न र पार्टी सुदृढ गर्न सबैले सक्रिय भएर काम गर्नुपर्छ।”

पार्टीको तर्फबाट गरिएको यो निर्णयले मधेश प्रदेशमा संगठनात्मक संरचना थप प्रभावकारी, सशक्त र लक्ष्यमुखी बन्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय