वीरगन्ज ,१९ साउन  / पर्सा प्रहरीले मादक पदार्थ सेवन गरेर कुटपिट गरि आफनै श्रीमतीलाई मार्ने श्रीमानलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।  पक्राउ पर्ने जिल्लाको जिराभवानी गाउँपालिका ५ शंकरसरैयाका ३२ बर्षिय जितेन्द्र माझी मुसहर रहेको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।  उनका अनुसार साउन १७ मा साढे ६ बजेको समयमा पक्राउ परेका मुसहर मादक पदार्थ सेवन गरेर श्रीमती २४ बर्षिय असपतलीया देवी मुसहरलाई मारेको आरोप छ ।  मुसहरले घरायसी वाद-विवादका कारण अत्याधिक मादक पदार्थ सेवन गरी हात मुक्का तथा लठ्ठीले घाँटी समेतमा प्रहार मारेको उनले बताए । पक्राउ परेका मुसहर विरुद्ध ज्यान सम्बन्धि कसूर ( कर्तव्य ज्यान ) मुद्दामा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय