वीरगन्ज,१८ साउन / विश्वप्रसिद्ध प्रतिष्ठित अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता नेपालको प्रतिनिधित्व गर्दै खेलेका वीरगन्ज महानगरपालिका १० का अरनीस गुप्तालाई वीरगन्ज महानगरपालिकाले प्रशंसा पत्र प्रदान गरेको छ ।
आफ्नो टिमलाई समूह विजेता बनाउन निर्णायक भुमिका खेलेका अरनीसलाई वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले प्रशंसा पत्र प्रदान गरेका हुन ।
उनले डेनमार्कको होरिङ स्टेडियममा २० देखि २७ जुलाई सम्म आयोजित विश्वप्रसिद्ध प्रतिष्ठित अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता नेपालको प्रतिनिधित्व गर्दै नेपाली क्लब AG10 academy (Goals Academy) बाट अण्डर १४ बाट खेलेका थिए ।
ब्राजिल, मेक्सिको, डेनमार्क, स्पेन, नर्वे, युएई, क्यानडा, अमेरिका लगायत विश्वको ५० बढी देशका २५०० एकेडेमीले विभिन्न समूह चरणमा प्रतिष्पर्धा गरेका थिए ।
अण्डर १४ समूह अन्तर्गतको फाईनल खेलमा केन्याको lEit Soccer एकेडेमीलाई ३९१ गोल अन्तरले हराउँदा राईट फरवार्ड खेलाडीको रूपमा उत्कृष्ट खेल प्रदर्शनी तथा १ गोलको योगदान दिई नेपाललाई समूह बिजेता बनाउँदै पहिलो अन्तर्राष्ट्रिय कप भित्र्याउन सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय