oplus_0

वीरगन्ज ,१६ साउन ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ३ मा रहेको जानकी इङलिस बोर्डिङ स्कुलले विद्यार्थी र शिक्षकहरुलाई ब्याच वितरण गरेको छ ।

शुक्रबार बिहान स्कुलमा एक कार्यक्रमका बीच विभिन्न जिम्मेवारीमा रहेका विद्यार्थी र शिक्षकहरुलाई ब्याच वितरण गरेको हो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न विद्याका जिम्मेवारी बहन गर्न ब्याच पाएका हुन् ।

यस्तै शिक्षकहरु विद्यालयलाई उत्कृष्ट , गुणस्तरीय शिक्षा र शैक्षिक गतिविधिको जिम्मेवारी सहित ब्याच पाएका थिए ।

कार्यक्रममा सहभागीहरु बक्ताहरुले कम समयमै यो विद्यालयले समाजमा गुणस्तरीय शिक्षामा राम्रो पहिचान बनाएकाले यसलाई निरन्तरता दिने गरि काम गर्न आग्रह गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथिको रूपमा रहेका वडा अध्यक्ष बैजु स्वर्णकारले महानगरपालिका भित्र पनि गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको रूपमा जानकी स्कुल रहेको बताएका थिए ।

उनले वडाबासीको हिसाबले पनि अगामी दिनमा आफ्नो तर्फबाट यस विद्यालयलाई सामाजिक रूपमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

विद्यालयका संचालक बिरेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय प्रधानाध्यापक सुनिता यादव , प्रहरी चौकी आदर्शनगरका प्रहरी नायब निरीक्षक प्रदीप कुमार गोले , वडा सदस्य बरकतुन खातुन , पत्रकार तिवारी यादव , जगत राई सहितका अतिथि र अभिभावकहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण मिशन यादवले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय