वीरगन्ज ।  नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( अनेरास्ववियु ) ठाकुरराम बहुमुखी क्याम्पस कमिटीले वृक्षारोपण गरेको छ ।

 

शनिबार बिहान एक कार्यक्रम बीच अनेरास्ववियु क्याम्पस कमिटीले क्याम्पस परिसरको विभिन्न ठाँउमा विभिन्न प्रजातिको वृक्षारोपण गरेको हो ।

 

हरित वातावरण प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको कार्यक्रममा विभिन्न फलफूलका विरुवा, फूलका बोट तथा बहुवर्षीय बोटबिरुवाहरू रोपिएका हुन ।

 

कार्यक्रम अन्तर्गत रोपिएका विरुवा र पुष्प प्रजातिहरूमा आँप, अनार, नारियल, अम्बा, निम्बु, ताड, बरगद, कमल, छुईमुई, केसर, कचनार, कन्द पुष्प लगायतका फलफूलका विरुवा तथा गुलाब, गुलमोहर, चम्पा, सुर्यमुखी, सदाबहार, बनफूल, महिमा फूल, गेँदा जस्ता पुष्पीय प्रजातिहरू रहेका छन्।

 

अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष अरमान आलमको  अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियु केन्द्रीय समिति सदस्य आशिफ अहमद, विशिष्ट अतिथि विद्यार्थी विभाग प्रमुख रियाज अन्सारी, अतिथि जिल्ला अध्यक्ष सुजित मण्डल, सचिव पुकार सुवेदी ‘विवेक’ लगायत प्रगतिशील जनवादी विद्यार्थी संगठनका सदस्यहरूको सहभागिता रहेको थियो।

 

कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यार्थीहरूले वातावरण संरक्षणमा नेतृत्व लिनु समयको माग भएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय