
जनकपुरधाम । छुरा प्रहार गरी आफ्नै ससुराको हत्या गरेका एक व्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाका ४८ वर्षीय बेचन महासेठ छन् । जनकनन्दनी गाउँपालिकाबाट उनलाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख एसपी नरहरि रेग्मीले जानकारी दिए ।
उनका अनुसार बेचनले आफ्नै ससुरा जनकपुरधाम १५ कुवारामपुरका ६५ वर्षीय बासुदेवप्रसाद साह ‘विमल’ को गत असार १८ मा हत्या गरेका थिए । घटनापछि उनी फरार भएका थिए ।