
oplus_0
सरकारले अगामी आर्थिक वर्ष २०८२/०८३ मा पर्साका विभिन्न ठुला रंगशाला र खेलमैदानका लागि बजेट छुट्याएको छ। जिल्लाका विभिन्न खेलमैदानका लागि १३ करोड बजेट छुट्याएको बजेट पुस्तिकामा उल्लेख छ।
वीरगन्ज महानगरपालिकाअन्तर्गतको नारायणी रंगशाला, निर्माणाधिन नारायणी बहुउद्देश्यीय कभर्ड हल, आदर्शनगर रंगशाला र बढनियार मैदानका लागि बजेट विनियोजन भएको छ।
नारायणी रंगशाला स्तरोन्नतीका लागि चार करोड, नारायणी बहुउद्देश्यीय कभर्ड हललाई चार करोड तथा आर्दशनगर रंगशाला र बढनियार खेलकुद ग्राउण्ड निर्माण गर्न तीन करोड छुट्याइएको छ।
यस्तै जगरनाथपुर गाउँपालिकाको मधुवाहा मेघराज उपाध्याय क्रिकेट मैदान पनि समेटिएको छ। उक्त मैदानका लागि तीन करोड बजेट परेको छ। सोही वडामा रहेको क्रिकेट खेल मैदानमा तीन करोड बजेट परेको बजेट पुस्तिकामा उल्लेख छ।