वीरगन्ज ,७ जेठ । जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरीक्षक गौतम मिश्रको आशीर्वादमा शैलेन्द्र खड्का , लोकेन्द्र पण्डित र योगेन्द्र थापाको प्रहरीमा हालीमुहाली देखिएको छ ।

प्रहरी उपरीक्षक मिश्रका साथी जस्तै हुन मुद्दा शाखाका प्रहरी निरीक्षक शैलेन्द्र खड्का । साथी भन्दा पनि प्रहरी उपरीक्षक मिश्र र प्रहरी निरीक्षक खड्का तनहुँ जिल्ला निवासी हुन ।

पर्सामा माघ १४ मा हाजिर भएका प्रहरी उपरीक्षक मिश्रले प्रहरी निरीक्षक शैलेन्द्रलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट पर्सामा बोलाएर जिम्मेवारी दिएका छन ।

प्रहरी उपरीक्षक मिश्र यसअघि चितवनका प्रहरी प्रमुख हुँदा शैलेन्द्र मुद्दा शाखा हेर्दै थिए । त्यही कारणले पनि उनलाई काज सरुवा गराएर पर्सामा ल्याएर मुद्दा शाखाको जिम्मेवारी दिएका हुन ।

पाठक र दर्शकलाई लाग्न सक्छ अहिले शैलेन्द्र ,लोकेन्द्र र योगेन्द्रले जिम्मेवारी संयोगले पाएका छन कि संयोगले मिलाईएको छ ।

हो यो संयोगले पाएको जिम्मेवारी होईन संयोग मिलाउने नै हुन् प्रहरी उपरीक्षक मिश्र । मुद्दा शाखाका लागि जबर्जस्त मानिएका शैलेन्द्र यसअघि वरिष्ठ सई हुँदा पर्सा प्रहरीको मुद्दा शाखामा कार्यरत थिए । त्यसपछि उनी बाराको मुद्दा शाखामा केहि महिना खटिएका प्रहरी हुन् ।

अहिले शैलेन्द्र मुद्दा मामिलामा आर्थिक लेनदेनमा काम गर्दै आएका छन । सरल र शान्त स्वभावका शैलेन्द्र पैसा बिना कुनै काम नगरेको सेवाग्राहीहरुको आरोप छ ।

अब कुरा गरौं लोकेन्द्रको । वरिष्ठ सई लोकेन्द्र पण्डित क्राइम शाखा चलाउदै आएका छन । प्रहरी निरीक्षक अमृत बस्नेतलाई बाइपास गरेर पण्डित क्राइम शाखाको कमान्डर बनेका छन ।

उनलाई जिल्लामा अहिले दोस्रो तहको कमान्डर भन्दा केहि फरक पर्दैन । लोकेन्द्र काठमांडौ उपत्यकाबाट आएका प्रहरी हुन् । तत्कालीन जिल्ला प्रमुख कुमोद ढुङ्गेेलकै कार्यकालमा पर्सा दरबन्दी बनाएका लोकेन्द्र यहाँ हाजिर भएनन् ।

उनले आफ्नो ब्याचमेट रमेश बजागाईलाई छाडेर काठमाडौं बसेका थिए । तत्कालीन प्रहरी प्रमुख कुमोद संगै आएका क्राइम शाखाका वरिष्ठ सई रमेश बजागाई संगै गएपछि लोकेन्द्र पर्सा आएका हुन ।

अहिले लोकेन्द्रको एकलौटी जिल्ला प्रहरीमा आर्थिक रकम संकलन देखि तस्करी गराउदै आएका छन । उनले सेटिङ गरेपछी अहिले जिल्लामा निर्वाध रूपमा तस्करी भइरहेको अवस्था छ ।

पर्सामा आएको समय देखि एनी हाउ माल कमाउ भन्ने नाराका साथमा तस्करी , हुण्डी , क्यासिनो, ट्रान्सपोर्ट लगायतबाट पैसा उठाईरहेका छन । वरिष्ठ सई लोकेन्द्रले तस्करबाट रकम लिने र लाइन दिनेको आधा दर्जन भन्दा बढी अडियो रेकर्ड सुरक्षित रहेकोे छ ।

उनको अडियो रेकर्ड भएपछि क्राइम शाखाका हवल्दार निरज सिंह शहरका बजार , सडक , पसल ,सिमानाकामा पुगेर तस्करी गराउने देखि पैसा उठाउनमा सक्रिय भएका हुन ।

अहिले उजुरी शाखाका योगेन्द्र थापा पनि आफू बलियो प्रहरीको रूपमा रहेको भन्दै हिड्न थालेका छन । क्राइम शाखाका लोकेन्द्र र उजुरी शाखाका योगेन्द्र ब्याची हुन् । उनीहरू ०६३ सालमा प्रहरी सहायक निरीक्षकमा संगै भर्ना भएका थिए ।

करिब तीन साता अगाडि इनर्वा प्रहरी चौकी चलाएर आएका योगेन्द्र पाए अहिले कुनै पोस्टमा पुग्ने दाउमा छन । यसअघिका क्राइम शाखाका वरिष्ठ सई रमेश बजागाई पनि योगेन्द्रको ब्याची भएकै कारण मनलाग्दी फाइदा उठाएका थिए ।

प्रहरी निरीक्षक अमृत बस्नेतका ट्वाइसी रहेका योगेन्द्र काङ्ग्रेस कै बलमा घमण्ड पाल्ने प्रहरी हुन् । कुनै बेला काङ्ग्रेसी नेताका पर्सनल सुरक्षामा खटिएका उनी अहिलेसम्म जोतभोग गरिरहेका छन ।

बिगत डेढ बर्ष भन्दा बढी समय देखि पर्सामा रहेका योगेन्द्र चौकी जान न्वारन कै बल लगाउछ्न । यसअघि उनी परवानीपुर प्रहरी चौकीको जिम्मेवारी सम्हालेका थिए । बोलीमा घमण्ड झल्कने योगेन्द्रले कसैलाई टेर्दैनन ।

माघ १४ मा जिल्ला प्रहरी कार्यालय चितवन बाट सिधै जिल्ला प्रहरी कार्यालय पर्सा सरुवा भएका प्रहरी उपरीक्षक मिश्र अहिलेको काङ्ग्रेस र एमालेको गठजोडको सरकारले उनी बलियो बनेका छन ।

राजनीति रूपमा प्रहरी उपरीक्षक मिश्र अहिले सम्मको बलियो जिल्लाका कमान्डर मध्येका पनि हुन । काङ्ग्रेसमा बलियो पकड भएका प्रहरी उपरीक्षक मिश्रले यो सरकार रहुन्जेल पर्साबाट हल्लाउँने कुरा नै छैन । त्यसकारण पनि आफ्नो अनुकुल टोली बनाएर जिल्ला प्रहरी चलाउदै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय