
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; algolist: 0; multi-frame: 1; brp_mask:8; brp_del_th:0.0021,0.0000; brp_del_sen:0.1000,0.0000; motionR: 0; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 7864320;cct_value: 0;AI_Scene: (0, 2);aec_lux: 200.61609;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: null;temperature: 43;
वीरगन्ज,१ जेठ । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन ( अनेरास्ववियु ) को स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिहीबार अनेरास्ववियु वीरगन्ज नर्सिङ क्याम्पस कमिटीले आयोजना गरेको रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन । रक्तदान गर्नेहरुमा अनेरास्ववियु पर्साका इन्चार्ज रेयाज अन्सारी , पुर्व स्ववियु सभापति मनिषा चौधरी , स्ववियु उपाध्यक्ष रागनी यादव लगायतका रहेका छन । रक्तदान कार्यक्रममा नेकपा एमाले वीरगन्ज महानगरपालिका कमिटीका उपाध्यक्ष रामकिशोर सिंह ( पराग ) , अनेरास्ववियु महानगर कमिटीका अध्यक्ष आसिफ अहमद , स्ववियु सभापति आर्जु राय , सामाजिक अभियन्ता प्रकाश थारु ,राजन श्रीवास्तव , रक्त सञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभराज पाण्डे लगायतका ब्यक्तिहरुको उपस्थिति रहेकोे थियो । कार्यक्रम क्याम्पस कमिटी कि अध्यक्ष सुप्रिया थापा मगरको अध्यक्षतामा भएको थियो ।