वीरगञ्ज, ९ असोज । विश्व फार्मासिस्ट दिवस २०२६ को अवसरमा फार्मा क्लब वीरगञ्ज र नेपाल फार्मास्युटिकल एसोसिएसन, मधेश प्रदेशको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको छ।
“स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऔँ” भन्ने नारासहित आयोजित कार्यक्रममा वीरगञ्जका अध्यक्ष निरज कुमार गिरी, उपाध्यक्ष रमन भुरेर यादव, नेपाल फार्मास्युटिकल एसोसिएसन मधेश प्रदेशका सचिव युगल किशोर शरण र फार्मा क्लब सदस्यहरू दिपेश कुमार यादव, लालबाबु कुशवाहा, चन्दन चौरसिया र सुरज गुप्ता तथा शरणको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै फार्मा क्लब वीरगञ्जका अध्यक्ष निरज कुमार गिरीले फार्मासिस्ट स्वास्थ्य प्रणालीको महत्वपूर्ण अंग रहेको बताए। उनले औषधिको सुरक्षित र प्रभावकारी प्रयोग सुनिश्चित गर्न तथा बिरामीलाई औषधिसम्बन्धी सही जानकारी प्रदान गर्न फार्मासिस्टको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे।
उनले भने, “फार्मासिस्ट स्वास्थ्य प्रणालीको महत्वपूर्ण अंग हुन्। औषधिको सुरक्षित, प्रभावकारी प्रयोग सुनिश्चित गर्नुका साथै बिरामीलाई सही औषधिसम्बन्धी जानकारी प्रदान गर्न फार्मासिस्टको महत्वपूर्ण भूमिका रहन्छ।”
विश्व फार्मासिस्ट दिवसको अवसरमा फार्मासिस्टको भूमिका, जिम्मेवारी र स्वास्थ्य क्षेत्रमा उनीहरूको योगदानबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय