वीरगन्ज ,३१ जेठ । बाराको फेटा गाँउपालिका ४ बतरामा निर्माणमा भएको छठघाटमा आर्थिक अनियमितता भएको स्थानीयबासीले बताएका छन । मधेश प्रदेश सरकारको १४ लाख बजेटमा उपभोक्ता समिति मार्फत निर्माण भएको छठघाठमा आर्थिक अनियमितता भएको उनीहरुले बताएका हुन ।

केही दिन अगाडी सम्पन्न भएको छठघाट निर्माणमा ५ लाख मात्र खर्च भएको बाँकी रकममा अनियमितता भएको स्थानीय मुन्ना चौहाले बताए । उनका अनुसार धार्मिक काममा पनि उपभोक्ता समितिका पदाधिकारीहरु भ्रष्टचार गरेको भन्दै कारवाहीको माग भएको अवस्था छ ।

अहिले धार्मिक काममा भएको आर्थिक घोटालालाई संचारमाध्यमको माध्यमले बाहिर ल्याएर कारवाहीको माग गरीएको चौहानले बताए । छठघाटमा केही मिटर मात्र ढलान र केही मिटर माटो पुर्ने काम गरेर बजेट पचाउने काम गरीएको भन्दै उपभोक्ता समितिलाई कारवाहीको माग गरीएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय