वीरगन्ज महानगरपालिका २० अपौनीमा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा एक कार्यक्रमका बिच पुस्तक वितरण भएको छ । बुधबार विद्यालयका विद्यार्थीहरुलाई विद्यालयले शैक्षिक सत्र संचालन अगावै पुस्तक वितरण गरेको हो । नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा अध्ययनरत रहेका विद्यार्थीहरुलाई पुस्तक वितरण भएको समाजसेवी बिक्की सिंहले जानकारी दिए । उनका अनुसार विद्यालयले शैक्षिक सत्र अनुसार विद्यार्थीहरुलाई पुस्तक वितरण गरेको अवस्था छ । पुस्तक वितरण कार्यक्रममा कार्यबाहक वडाअध्यक्ष प्रदुमन यादव , वडासचिव भोगेन्द्र चापागाई , विद्यालयका प्रधानाध्यापक जयकिशोर पाण्डे सहितका व्यतिmहरुको सहभागीता रहेको थियो ।
