वीरगन्ज ,९ फागुन । वीरगन्ज महानगरपालिका २० अपौनीमा बृहत निशुल्क आँखा शिविर शनिबार सम्पन्न भएको छ ।
स्थानीय युवा समाजसेवी बिक्की सिंहको पहलमा बृहत निशुल्क आखा शिविर सम्पन्न भएको हो ।
नेराप्रावी अपौनीमा भएकोमा आँखा शिविरमा नारायणी सेन्ट्रल अस्पतालका चिकित्सक डा. सन्तोष यादव नेतृत्वको टोलीले आँखा परिक्षण गरेको थियो ।
करिब पाँच घण्टा सम्म चलेको निशुल्क आँखा शिविरमा स्थानीय करिब ४ सय जनाले परिक्षण गराएको बिक्की सिंहले जानकारी दिए ।
उनका अनुसार वीरगन्जको नारायणी सेन्ट्रल अस्पतालका चिकित्सकले स्थानीय महिला र पुरुषहरुको आखा परिक्षण गरेका थिए ।
निशुल्क आँखा परिक्षणको क्रममा ४० जनाको आँखा शल्यक्रिया गर्ने अवस्थाको देखिएको उनले बताए ।
