वीरगन्ज ,६ फागुन ।

नेकपा एमालेले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा बाराको सबै निर्वाचन क्षेत्रमा परिचालन गर्ने उदेश्यका साथमा परिचालन कमिटी गठन भएको हो ।

बारा काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष प्रशान्त यादवको संयोजकत्वमा ३०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

यस्तै निर्वाचन परिचालन सल्लाहकार कमिटी युवराज क्षेत्रीको संयोजकत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

चुनावलाई लक्षित गरेर निर्वाचन परिचालन कमिटी गठन भएपछि कमिटीका नेता र कार्यकर्ताहरु अब निर्वाचनमा होमिने बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय