नेकपा एमाले निकट नेशनल भोलिन्टियर फोर्सको मधेश प्रदेश हेडक्वाटर सदस्यमा पर्साका बिक्की सिंह चयन चएका छन ।वीरगन्ज महानगरपालिका वडा नम्बर २० निवासी युवा नेता सिंह फोर्सको मधेश प्रदेश हेडक्वाटर सदस्यमा चयन भएका हुन ।
जिल्ला कै सक्रिय युवा नेताको रुपमा रहेका उनलाई फोर्सको मधेश प्रदेश हेडक्वाटर सदस्यमा चयन गरीएको मधेश प्रदेश प्रमुख नवराज बस्नेतले जानकारी दिए ।

उनका अनुसार युवाहरुको माझमा सक्रिय र संगठन बुझेकाहरुलाई यो फोर्समा चयन गर्न थालिएको अवस्था छ । माघ १७ मा बसेको प्रदेश स्तरिय बैठक र कमाण्डर घोषणा कार्यक्रमबाट मधेश प्रदेश भरीका युवाहरुलाई यसमा समावेश गरी जिम्मेवारी प्रदान गरीएको बस्नेतले बताए ।
यस्तै पर्साबाट युनिफाईड सदस्यहरुमा अलिराज चौहान , सन्तोष महतो , कन्हैया दुबे , राघव पटेल र संजय गीरि पनि चयन भएको मधेश प्रदेश प्रमुख प्रमुख बस्नेतले बताए ।
