३२ बर्षीय मोति महतो नुनिया

वीरगन्ज । रौतहटको कटहरीया नगरपालिका १ भसेडवाका ३२ बर्षीय मोति महतो नुनियाले मोटरसाईकलमा राखेर गाँउ गाँउमा पुगेर रुख बिरुवा बिक्रि वितरण गर्दै आएका छन ।
करिब ३ बर्ष देखि यो पेशामा आवद्ध रहेका उनले दैनिक एक सय किलोमिटर भन्दा बढि मोटरसाईकल गुडाउने गरेका छन । गाँउ कै आफ्नो जग्गामा बिजय नर्सरी प्रालि नामक नर्सरी संचालन गरेका उनले बारा र पर्साका जिल्लामा पुगेर रुख बिरुवा बिक्रि वितरण गर्ने गरेको सुनाउँछन ।

विगतको ३० बर्ष बुवा रामलाल महतोले गर्दै आएका यस पेशालाई उनले निरन्तरता दिएको बताउँछन । बजाज कम्पनिको ना २९ प ५८१३ नम्बरको प्लाटिना मोटरसाईकल बोट बिरुवा राखेर उनी गाँउ गाँउमा पुग्ने गरेको उनको भनाई छ ।

मोतिका अनुसार आफ्नौ बिघा बिघा जग्गामा नर्सरी लगाईएकाले त्यसको बजारीकरणको निम्ती बारा र पर्साको विभिन्न स्थानमा बिक्रि वितरण गर्नुृपर्ने अवस्था रहेको छ ।
मोतिको विजय नर्सरीमा आपँको विभिन्न किसिमका बिरुवा देखि फुलको अनेकौ बिरुवा सम्म करिब ५० वटा रुख बिरुवा पाउने गरेको छ ।

मोटरसाईकलमा राखेर रुख बिरुवा बिक्रि वितरण गर्न बिहान ६ बजे घरबाट निस्कने गरेका मोति सधै रात पर्ने समयमा मात्र घर पुग्ने गरेका छन । उनी भन्छन , बिगत केही बर्षदेखि गाँउ गाँउमा रुख बिरुवा पुगेर बिक्रि वितरण गर्ने गरेकाले धेरै गाँउका व्यक्तिहरु फोनमा पनि अर्डर गर्ने गरेका छन ।

अर्डर अनुसार बढि माग भएको ठाँउमा लगातार मोटरसाईकलमा एक दुई पटक एकैदिन पुग्ने गरेको उनी सुनाउँछन । मोतिले रुख बिरुवा बिक्रि गर्नका लागी बारा र पर्साको अधिकांश गाँउमा पुगीसकेकाले मोटरसाईकलमा घुम्न सजिलो हुने गरेको बताए ।

उनलाई नर्सरीमा आवश्यकता अनुसार बुवा देखि परिवारका अन्य सदस्यहरुलृ पनि सघाउँने गरेका छन । करिब एक बिघा क्षेत्रफलमा लगाइएको नर्सरीमा पचास प्रकारका रुख बिरुवा उत्पादन हुदै आएको मोतीले बताए । केही बर्ष अगाडि पाँच लाखको लगानीमा सुरु गरेकाले अहिले आम्दानी पनि बढेको अवस्था रहेकोे उनले बताए ।

अरुले काट्छन मैले बोट लगाउँन सल्लाह दिन्छु

घर निर्माण देखि सडक निर्माणको बहानामा अहिले प्रत्येक गाँउ गाँउमा रुख बिरुवा काट्ने प्रवृति बढेको अवस्था छ । दिनप्रतिदिन रुख बिरुवा काट्ने प्रक्रिया बढेपछि आफुले फलको लागी भएपनि रोप्न सल्लाह दिने गरेको उनी सुनाउँछन ।

नर्सरीबाट तयार भएका बिरुवा बिक्रि वितरण गर्ने भएकाले पनि रोपेको केहि बर्षमा फल दिने गरेको मोतिको भनाई छ । मोतिको अनुभवमा अहिलेका युवा पुस्ता घरदेखि खेतबारी सम्म पनि रुख बिरुवा लगाउनका लागी ईच्छा देखाउने गरेका छन ।

सरकारले एक व्यक्तिलाई तिन वटा रुख लगाउन दिएको निर्देशन अनुसार नेपाली नागरीक यो अभियानमा पनि गाँउ गाँउमा पुगेर आफुले सघाउँदै आएको मोतिको भनाई छ ।   रौतहट बाट ल्याएर बारा र पर्साका विभिन्न क्षेत्रमा पुगेर केहि रकम नाफा पाउनका लागी सिजन अनुसार रुख बिरुवा बिक्रि वितरण गर्ने गरेको छु । आफुले बेच्ने गरेको रुख लगाँउदा छाया दिने मात्र होईन पनि फल पनि दिने गरेको छ ।

रुख बिरुवा लगाउनेका लागी जग्गा हुनेहरुले आफ्नो खेत र बारीमा रोप्ने गरेका छन भने नहुनेहरु ड्रममा नै घरको आँगन र छतमा राख्ने गरेका छन । रुख बिरुवा लगाए उक्त आसपासको क्षेत्रमा वातावरण स्वच्छ हुने , अक्सिजन दिने , शितलता पनि दिने गरेको छ ।

साथै आफ्नो सिजन अनुसार उक्त रुखले फल पनि दिदै आएको उनको भनाई छ । उनले बेच्दै आएको रुख बिरुवा न्युनतम ७५ रुपैया देखि अधिकतम तीन सय रुपैया सम्म रहेको मोती बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय