वीरगन्ज महानगरपालिका वडा नम्बर २० हरपतगन्जमा रहेको गोल्डेन वाटिका माध्यमिक विद्यालयले भगवान् श्रीकृष्णको जन्मोत्सव, कृष्ण जन्माष्टमी, भव्यताका सम्पन्न गरेको छ । बिहीबार विद्यार्थी, शिक्षक तथा अभिभावकको उपस्थितिमा विद्यालय परिसर रंगीन सजावट र भक्तिमय वातावरणले भरिपूर्ण बनेको थियो ।

कार्यक्रमको सुरुवात भजन-कीर्तन तथा श्रीकृष्णको जीवन-चरित्रको वाचनबाट गरिएको थियो। विद्यार्थीहरूले भगवान् कृष्णको बाल्यकालदेखि महाभारतसम्मको प्रेरणादायी कथा नाटक, नृत्य र गीतमार्फत प्रस्तुत गरेका थिए। विशेषगरी, बालकृष्णको माखनचोरी, गोपिनीहरूको रासलीला र कंसवधका दृश्यहरूले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो।

विद्यालयका निर्देशक लालबाबु प्रसाद यादव सरले शुभकामना मन्तव्य दिँदै भगवान् कृष्णको उपदेश ‘धर्म, सत्य र निष्काम कर्म’ जीवनमा उतार्न आग्रह गरे। साथै, यस्ता सांस्कृतिक कार्यक्रमहरूले विद्यार्थीहरूमा आस्था, संस्कार र सृजनशीलता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरे।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय