वीरगन्ज नर्सिङ क्याम्पसको बिएनएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले पाठेघरको मुखको क्यान्सर पहिचानका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेका छन् ।


उनीहरूले वीरगन्ज महानगरपालिका– १६, नगवामा महिला तथा प्रसूति रोग विशेषज्ञ चिकित्सकहरूको सहयोगमा दुई सय महिलाको पाठेघरको मुखको क्यान्सर पहिचानका लागि भिआइए जाँच तथा स्क्रिनिङ गरेका हुन्।

शिविरमा सहभागी चिकित्सक डा.प्रिती यादवले महिलामा घातक रोगको रूपमा देखिएको पाठेघरको मुखको क्यान्सर परीक्षण र उपचारका लागि सचेतना फैलाउन आवश्यक रहेको बताइन् ।


अहिले गर्भावस्थाका कारण हुने आमाको मृत्युभन्दा पनि पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु बढी भइरहेको अर्की चिकित्सक डा.मिता महर्जनले बताइन्।


क्याम्पस प्रमुख डा. कल्पना पौडेलले पनि यो रोगबाट जोगिन सकेमा क्यान्सर केही नरहेको उल्लेख गर्दै क्यान्सर जितेकाहरूबारे जनचेतना फैलाएर पाठेघरको मुखको क्यान्सरबाट धेरैलाई जोगाउन सकिने बताइन् ।


पाठेघरको मुखको क्यान्सरका बिरामीको मृत्युदर भयावह रहे पनि स्क्रिनिङमा पालिकाले ध्यान नदिएको वडाध्यक्ष पर्शुराम चौरसियाले बताए।

विद्यार्थीले स्वास्थ्य सामुदायिक कार्यक्रमअन्तर्गत समुदायका ६४० घरदैलोमा पुगेर वेलैमा स्क्रिनिङ गरे रोग पत्ता लगाई उपचार गरेर त्यसबाट छुटकारा पाइने बताए । चिकित्सकका अनुसार ३० देखि ४९ वर्ष उमेरका महिलाको स्क्रिनिङ गरेर रोग पत्ता लगाइन्छ ।

भिआइए (भिजुअल इन्फेक्सन विथ एसिटिक एसिड)बाट जाँच गरी पाठेघरको मुखमा क्यान्सर संक्रमण रहे वा नरहेको पत्ता लगाउन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय