बाराको प्रहरी चौकी बुनियादमा कार्यरत प्रहरी जवान शेषनाथ रौनीयारले अहिले विभिन्न कारोबारीहरुबाट रकम असुल्दै आर्थिक आतंक मचाउन थालेका छन ।
विगत दुई बर्ष भन्दा समय देखि इप्रका प्रसौनी मातहतको चौकीमा कार्यरत घुमुवा प्रहरी जवान रौनियार विभिन्न किसिमको समाग्रीको तस्करहरुबाट खुल्लेयाम रुपमा रकम असुल्दै आंतक मचाउन थालेका हुन ।
ईप्रका प्रसौनीका तत्कालिन कार्यालय प्रमुख नरेन्द्र बोगटीको गार्ड बसिसकेका उनले विगत लामो समय देखि ईप्रकामा घुमुवाको रुपमा खटिएका थिए । अहिले उनी बुनियाद चौकीमा सादा पोशाकमा बसेर रकम असुल गरीरहेका छन ।
ईप्रका प्रसौनीको प्रमुखमा तत्कालिन प्रहरी निरिक्षक सुरेशराज भट्टले जिम्मेवारी सम्हालेपछि प्रहरी जवान रौनियारले घुमुवाको रुपमा सिमानाकामा तस्करी गर्दै आएका तस्करहरुबाट रकम असुल्न थालेका थिए ।
अहिले दिनँहु उनले खटेका ईलाका भएर कपडा , रजनीगन्धा , काजु र हार्डवेयर भारी मात्रामा तस्करी भईरहेको नाम नछाप्ने शर्तमा एकजना कारोबारीले जानकारी दिए ।
उक्त कारोबारीका अनुसार उनले कपडाको काम गर्दै आएका उमेश र मुन्ना , रजनीगन्धाको काम गरीरहेका अनिल ,हार्डवेयरको तस्करी गरीरहेका दसई र काजुको तस्करी गर्दै आएका प्रेम र मुकेशबाट लाखौ रकम असुल गरीरहेको अवस्था छ ।
बारा जिल्लाको जितपुर चौकीमा दरबन्दी रहेका रौनीयार ईप्रका प्रसौनीका प्रमुखलाई रिझाएर रकम असुल्नमा व्यस्त थिए । अहिले सोही चौकी मातहतका बुनियादमा आर्थिक आंतक मचाउन थालेपछि उनीबाट आजित बनेका कारोबारीहरुले खुलेर बताएका छन ।
