वीरगन्ज,१२ चैत । वीरगन्ज महानगरपालिकाको वडा नम्बर २० हरपतगंजमा रहेको गोल्डेन वाटिका माध्यमिक विद्यालयले कक्षा १० अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रमका बिदाई गरेको छ । आगामी चैत १९ गते देखि हुन गईरहेको एसईई परिक्षामा सहभागी हुन लागेका कक्षा १० का आफ्नो विद्यार्थीहरुलाई बुधबार विदाई गरेको हो । कार्यक्रममा कक्षा ९ विद्यार्थीहरुले यस विद्यालयमा अध्ययनरत कक्षा १० का २५ जना विद्यार्थीहरुलाई विदाई गरेका थिए ।

गोल्डेन वाटिका विद्यालयले महानगरपालिकाको ग्रामिण वडा मध्येका उत्कृष्ट विद्यालयको रुपमा परिचित बन्दै गएको कार्यक्रममा सहभागी वक्ताहरुले बताएका थिए । उनीहरुले विद्यालयको अहिले शैक्षिक पठनपाठनको अवस्थाले आगामी दिनमा यो विद्यालयले जिल्लाका नमुना विद्यालयको रुपमा पहिचान बनाउदै जाने बताएका हुन । महानगरपालिकाको ग्रामिण वडामा रहेको यो विद्यालयले प्रत्येक बर्ष यस्ता कार्यक्रमको आयोजना गर्दै आईरहेको विद्यालयका सहायक प्रधानाध्यापक ई.श्यामबाबु यादवले बताए ।

उनले आगामी दिनमा यो विद्यालयलाई उत्कृष्ट नतिजा प्रदान गर्ने विद्यालयको रुपमा स्थापित हुने बताए । कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न गीत संगीतमा नृत्य गरेका थिए । गोल्डेन वाटिका माध्यमिक विद्यालयका निर्देशक लालबाबु यादवको अध्यक्ष्तामा भएको कार्यक्रममा जिल्ला शिक्षा समन्वय ईकाईका पर्साका अधिकृत विद्यानन्द यादव , वीरगन्ज महानगरपालिका २६ का वडाअध्यक्ष शम्भु मिश्रा , प्याब्सन महानगरका अध्यक्ष राहुल श्रीवास्तव , युवा नेता बिक्की सिंह , पत्रकार तिवारी यादव , समाजसेवी अकलु यादव सहित शिक्षक शिक्षिका र विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय