वीरगन्ज,२५ असार / पर्साको ठोरी गाँउपालिका कार्यालयका पदाधिकारीहरुले नियम विपरीत करिब ८ लाख ८० हजार बराबरको ईन्धन सुबिधा लिएको पाएको छ । गत आर्थिक बर्ष २०८०÷०८१ मा स्थानीयतहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुबिधा विपरीत ८ लाख ७९ हजार ७ सय ५० रुपैयाको ईन्धन सुबिधा लिएको पाएको हो ।

नियम विपरीत पदाधिकारीलाई वितरण गरीएको ईन्धन सुबिधा सहितको भुक्तानी असुल गर्नुपर्ने महालेखा परिक्षक कार्यालयको प्रतिवेदनमा औल्याईएको छ ।

यस्तै पालिकामा ईन्धन सुविधामा भएको खर्चलाई पालिका कार्यालयले यकिन गरेर असुल गर्नका लागी निर्देशन पनि दिएको छ । स्थानीयतहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाको सम्बन्धमा बनेको ऐन,२०७७ को दफा ४ मा पदाधिकारीहरुलाई सम्बन्धित स्थानीयतहले सवारी साधन वा अनुसुचि बमोजिमको मात्र देहायको सुविधा दिने व्यवस्था उल्लेख छ ।

तर पालिकाको पदाधिकारीहरुलाई थप यातायात सुबिधा सम्बन्धि कानुनी व्यवस्था नरहेको हुदाँ कार्यपालिकाको ०८० साउन २३ को निर्णयबाट २६ पदाधिकारीहरुलाई विभिन्न दरमा थप ईन्धन सुबिधा दिएको कानुन सम्मत नरहेको महालेखाको ६२ औ प्रतिवेदनमा उल्लेख छ ।

यस्तै सोही मितिको निर्णय अनुसार संघीय निकाय प्रहरी चौकी ÷ सशस्त्र प्रहरी सुरक्षा गुल्म (बिओपी) ४ चक्के गाडी प्रति महिना ३० लिटर र प्रहरी चौकी ÷ सशस्त्र प्रहरी सुरक्षा गुल्म (बिओपी)२ चक्के मोटरसाईकल प्रति महिना २० लिटर पेट्रोल दिने निर्णय भएको प्रतिवेदनमा उल्लेख छ । संघीय निकायका युनिटहरुलाई कार्यपालिकाले ईन्धन सुबिधा दिन मिल्ने कानुनी व्यवस्था नरहेकाले सुधार गर्न पनि उल्लेख गरेको छ ।

आर्थिक बर्ष २०८०÷०८१ मा २० लाखको ईन्धन खर्च 

आर्थिक बर्ष २०८०÷०८१ मा ठोरी गाँउपालिका कार्यालयले १९ लाख ९६ हजार ३ सय १८ रुपैया ईन्धनमा खर्च गरेको छ । पालिकामा ईन्धनको मापदण्ड समेत नबनेकाले ईन्धन खपतको बस्तुगत परिणाम गर्न सकिने अवस्था नरहेको अवस्था छ । अर्थ मन्त्रालयबाट जारी कार्य संचालन निर्देशीका २०७७ मा सवारी साधन प्रयोग गर्नलाई सोही अनुसार विभिन्न परिमाणमा ईन्धन उपलब्ध गर्न सकिने व्यवस्था छ ।

पालिकाबाट प्राप्त विवरण अनुसार १६ थान मोटरसाईकल , एक थान स्कुटर , दुई थान टिपर , दुई थान एम्बुलेन्स ,एक थान पिकअप , एकथान रोलर र दुई थान ब्याकहो लोडर रहेकोमा १९ लाख ९६ हजार ३ सय १८ रुपैया ईन्धनमा खर्च गरेको प्रतिवेदनमा देखिन्छ । सवारी साधन प्रयोग गर्ने पदाधिकारीले ईन्धनको अभिलेख र दमकल , ब्याकहो लोडर जस्ता मेशीनको प्रयोग अवधी र मेशीनहरुले खपत गर्ने ईन्धनको मापदण्ड समेत नबनेकाले ईन्धन खपतको बस्तुगत परिणाम गर्न सकिने अवस्था नरहेको देखिन्छ ।

ईन्धन खपत सम्बन्धनको पुर्ण प्रयोग गरी ईन्धन खर्चको यथावत अभिलेख नगरी ईन्धन खर्चलई मापदण्डमा आधारित बनाउनु पर्ने प्रतिवेदनमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय