झोले संस्थामार्फत करोडौं रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पर्साका अमोद केवट अख्तियारको निगरानीमा परेका छन् । आधा दर्जनभन्दा बढी झोले गैरसरकारी संस्थाहरू सञ्चालन गर्दै आएका केवटले चालु आर्थिक वर्ष २०८१÷८२ मा पोखरिया नगरपालिका र बहुदरमाई नगरपालिकासँग मिलेमतो गरी अनियमितता गरेको आरोप लागेको हो ।
पोखरिया नगरपालिकाबाट करिब २ करोड रुपैयाँ र बहुदरमाई नगरपालिकाबाट १ करोड ६० लाख रुपैयाँ बराबरको जनचेतना मूलक तथा सीपमूलक तालिम कार्यक्रमको नाममा रकम निकासा गरिएको स्रोतले चमए । ती रकम कार्यक्रम सम्पन्न नगरी कागजी प्रमाणहरू मिलाएर निकासा गरिएको आरोप लगेको छ ।
कागज मिलाएर रकम निकासा, कमिसन खातामा
पछिल्लो तथ्यांक अनुसार, पोखरिया नगरपालिकामा विगतमा सम्पन्न कार्यक्रमका सहभागीहरूको नाम दोहोर्याई कागजी विवरण पेश गरी रकम निकालिएको पाइएको छ । यसै क्रममा केवटले निलम्बित पोखरिया नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तवलाई लाखौं रुपैयाँ कमिसन वापत रकम दिएको प्रमाण फेला परेको छ।
त्यसैगरी, बहुदरमाई नगरपालिकामा वडा र नगरस्तरीय तालिमका नाममा करिब १ करोड ६० लाख रुपैयाँको तालिम संचालन गरिएको देखाइएको छ । जसमा करिब ३५ लाख रुपैयाँ पहिले नै भुक्तानी भइसकेको छ ।

झोले संस्था र प्रक्रिया विना काम
संबन्धित ऐन तथा कार्यविधिअनुसार, यस्ता तालिम स्थानीय आवश्यकताको आधारमा माग सङ्कलन गरी कार्य क्षेत्रगत सर्त, सहभागिता अभिलेख, र संस्थाको स्पष्ट दक्षता विवरणसहित चयन गर्नुपर्ने हुन्छ । तर, अमोद केवटले पालिकाका अधिकृतहरूसँग कमिसनको सेटिङमा प्रक्रिया बेपत्ता बनाई न्यून आर्थिक प्रस्ताव पेश गरी झोले संस्थामार्फत भ्रष्टाचार गरेको देखिन्छ ।
उनले सञ्चालन गरेका संस्थाहरूमा पर्सा डेभलपमेन्ट प्रा।लि।, विन्दवासिनी डेभलपमेन्ट एण्ड स्किल प्रा।लि।, एग्रीकल्चर एण्ड स्किल डेभलपमेन्ट प्रा।लि।, सामुदायिक सिकाई केन्द्र प्रा।लि।, सूर्योदय तालिम केन्द्र लगायतका संस्थाहरू छन्, जसको वास्तविक गतिविधि न्यून रहेको छ ।
रानीघाटमा आलिशान महल
स्थानीय स्रोतका अनुसार केवटले पालिकाबाट कमाएको अवैध धनमार्फत वीरगञ्जको रानीघाट क्षेत्रमा आलिशान महल निर्माण गरेका छन् । अख्तियारले अहिले प्रारम्भिक अनुसन्धान थालेको र आवश्यक प्रमाण संकलन भइरहेको बताइएको छ। स्रोत – प्रदेश टिभी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय