
oplus_0
वीरगञ्ज / गोल्डेन वाटिका माध्यमिक विद्यालय हरपतगंजले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १००% प्रतिशत उत्तीर्ण परिणाम प्राप्त गर्दै शैक्षिक क्षेत्रमा अर्को उदाहरणीय सफलता हासिल गरेको छ। विद्यालयबाट परीक्षा दिएका सम्पूर्ण विद्यार्थी उत्तीर्ण भएका छन् भने धेरै विद्यार्थीले उत्कृष्ट GPA ल्याउन सफल भएका छन्।
विद्यालय व्यवस्थापनको अनुसार, यो नतिजा विद्यार्थीहरूको निरन्तर मेहनत, शिक्षकहरूको मार्गदर्शन, तथा अभिभावकहरूको निरन्तर सहयोगको प्रतिफल हो। विद्यालयले सम्पूर्ण शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई यस ऐतिहासिक सफलताका लागि धन्यवाद तथा बधाई व्यक्त गरेको छ।
उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू:
सृजना प्रजापति — 3.75 GPA
सुजित कुमार पटेल — 3.70 GPA
आरती कुमारी — 3.67 GPA
सञ्जना प्रजापति — 3.62 GPA
आफरिन खातुन — 3.58 GPA
पुजा कुमारी — 3.54 GPA
सिमरन बेगम — 3.54 GPA
सकीना खातुन — 3.50 GPA
मोहम्मद सहबाज आलम — 3.48 GPA
सहीना खातुन — 3.41 GPA
धिरज कुमार साह — 3.40 GPA
आसिया बेगम — 3.27 GPA
सन्ध्या के. चौरासिया — 3.22 GPA
शिल्पा यादव — 3.10 GPA
सुमित प्रसाद यादव — 2.82 GPA
विद्यालयले यसै सन्दर्भमा कक्षा ११ (१०+२) को लागि भर्ना खुला गरिसकेको जानकारी दिएको छ। विद्यार्थीहरूका लागि व्यवस्थापन र शिक्षा संकायमा अध्ययनको अवसर उपलब्ध रहेको विद्यालय प्रशासनले जनाएको छ।