वीरगन्ज ,१६ असार / वीरगन्ज महानगरपालिका वडा नम्बर २१ लिपनीविर्तामा बिजुलीको तार सर्ट भएर एक घरमा आगलागी भएको छ ।

सोमबार बिहान करिब २ बजेको समयमा अचानक बिजुलीको तार सर्ट भएर स्थानीय सबु हुसेन हुसेन मियाको घरमा आगलागी भएको हो । 

आगलागीले घरमा पार्किङ गरि राखिएको बाग्मती प्रदेश २ ०५० प ८२५६ नम्बरको पल्सर मोटरसाइकल जलेर नस्ट भएको प्रहरी चौकी परवानीपुरका प्रमुख आदर्श खतिवडाले जानकारी दिए । 

उनका अनुसार अत्यधिक गर्मीले बिजुलीको तारले मिटरमा आगलागी भएकाले नजिक नै राखिएको मोटरसाइकलमा आगलागी भएको हो । 

आगलागीले घरमा रहेको केहि समाग्री पनि पुर्ण रूपमा जलेर नस्ट भएको प्रहरी नायब निरीक्षक खतिवडाले बताए । आगलागीलाई स्थानीय र प्रहरी चौकी परवानीपुरका प्रहरीहरुले नियन्त्रणमा लिएका उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय