जिल्ला प्रहरी कार्यालय बाराले कुटपिट गरी हत्या गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ ।

२०८२ जेठ २९ गते बेलुका करिब ६:१५ बजे बाराको कलैया उपमहानगरपालिका–१४ स्थित बघबन टोलमा बस्ने ५० वर्षीय नन्दु राज कुर्मीलाई पारिवारिक बिवादका कारण कुटपिट गरी गम्भीर घाइते बनाइएको थियो ।

गम्भीर अवस्थाका कुर्मीलाई उपचारका लागि कलैया अस्पतालमा पुर्‍याइएकोमा त्यहाँबाट नेशनल मेडिकल कलेज रेफर गरिएको र सोही दिन राति करिब १०:१० बजे उनलाई मृत घोषणा गरिएको थियो ।

घटनापछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले मृतक नन्दु राज कुर्मीकी श्रीमती र उनका छोरासहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिहरूमाथि जिल्ला अदालत बाराबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिहरू:

१. श्रीमती – ४८ वर्षीया रञ्जु जैसवाल
२. छोरा – २० वर्षीय सुमित जैसवाल
३. छोरा – १८ वर्षीय सुनील कुमार जैसवाल
४. अन्य दुई जना पुरुषहरू (पहिचान खुलाइएको छैन)

प्रहरीले घटनामा संलग्न अन्य फरार अभियुक्तहरूको खोजी कार्य पनि जारी राखेको प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय