वीरगन्ज,३१ जेठ / वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित नयाँ बसपार्कमा डिबिएस अटो वर्कसप शनिबारदेखि संचालनमा आएको छ । वीरगन्जका चारजना युवाहरुको संयुक्त लगानीमा आएको वर्कसपमा गाडीको डेन्टिङ ,पेन्टिङ , सडक दुर्घटनामा परेको गाडीको मर्मत सम्भार र वासिङ गरीनेछ ।
उनीहरुका पुरानो मात्र नभई अहिलेको आधुनिक गाडीलाई डिबिएस अटो वर्कसपमा मर्मत सम्भार र वासिङ गर्न सकिनेछ । अन्य वर्कसपको तुलनामा डिबिएसमा सर्वसुलभ मुल्यमा काम हुने योजना अनुसार संचालनमा ल्याउनु परेको संचालकहरुले बताए ।
डिबिएस अटो वर्कसपका संचालक मध्येका दिपेश यादवले यहाँ सानो गाडीमा कुनैपनि प्रकारको गाडीको डेन्टिङ ,पेन्टिङ , दुर्घटनामा परेका गाडीको मर्मत सम्भार र वासिङ गर्न सकिने बताए ।
यस्तै उनीहरुकै लगानीमा कार क्याफे पनि संचालनमा आएको छ । गाडी मर्मत सम्भार देखि वासिङ गराउन आउनेहरुले कार क्याफेमा बस्न सक्नेछन ।
वर्कसपको माथिल्लो तल्लामा संचालनमा आएको क्याफेमा खाजा , चिया , पेयपदार्थ सहितका समाग्री सर्वसुलभ मुल्यमा उपलब्ध हुने संचालक यादवले बताए । गाडी लिएर वर्कसपमा आएका ग्राहकहरुको समय र सुबिधालाई मध्यनजर गरेर क्याफेलाई संचालनमा ल्याईएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय