नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( अनेरास्ववियु) को २४ औ राष्ट्रिय महाधिवेशनमा पर्साका आसिफ अहमदले उम्मेदवारी दिएका छन । अहमद मधेश प्रदेशको भुगोल तर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन । वीरगन्ज महानगरपालिका कमिटिका अध्यक्ष समेत रहेका उनले यसपटक केन्द्रिय सदस्यमा उम्मेदवारी दिएर जित्ने बताएका हुन ।

विद्यार्थीलाई शैक्षिक रचनात्मक ढंगबाट अघि बढाउन, विद्यार्थी आन्दोलन र विद्यार्थी संगठनमाथिको नराम्रो ट्याग हटाउन आफ्नो उम्मेदवारी परेको अहमद बताउँछन् । उनले विद्यार्थी संगठनहरू राँके जुलुश, ढुंगामुढामात्र गर्छन् भन्नेजस्ता हामीमाथिका ट्यागलाई पन्छाउँदै रचनात्मक र फरक शैलीबाट यो आन्दोलन अघि बढाउन सकिन्छ भन्ने देखाउन चाहन्छौं । अग्रजहरूल गर्नुभएको संघर्षप्रति पनि सम्मान छ ।

अनेरास्ववियुले विद्यार्थी महोत्सव, क्याम्पसमा विभिन्न बहस, मोडल पार्लियामान्टलगायत थुप्रै गतिविधि गरेका उदाहरण हामीसँग छ ।’ सानै उमेरदेखि राजनीतिक वातावरणमै हुर्किएको साथ टेक्नीकल क्षेत्रको विद्यार्थी भएसँगै राजनीतिक चेतना आएर यो क्षेत्रमा होमिएको उनले सुनाए ।

अनेरास्वियुको महाधिवेशनमा सर्वसम्मतको प्रयास विफल भएपछि आज निर्वाचन हुने भएको छ । हिजो राति अबेर सम्म उम्मेदवारी दर्ता भएको थियो । अध्यक्षमा डा. सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दर्ता गरेका छन् भने उपाध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ ।

खुल्ला उपाध्यक्षमा भरत धामी लिपुलेक, राजकुमार ढकाल, विकास श्रेष्ठ, धमेन्द्र केसी र रोहित बमको उम्मेदवारी परेको छ । त्यस्तै महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी, आरती भट्टराई, सुनिता धिताल र भवानी बजगाईँको उम्मेदवारी छ । महासचिवमा दीपक धामी, आरके रोमस, र सुनिल कँडेलको उम्मेदवारी परेको छ । उपमहासचिव पदमा कमल जोशी, अमर शाही, र प्रेमिका शाहीको उम्मेदवारी परेको छ भने सचिवमा तीन दर्जन बढी उम्मेदवार छन् ।

रक्षा बम, मनोज राई, अनुप लामिछाने, रेखा न्यौपाने, नीरज पौडेल, धर्मराज तिमिल्सेना, स्मृति बराल, मदन भण्डारी राजेश ओली लगायत करिब ४० जनाको सचिव पदमा उम्मेदवारी परेको छ । अनेरास्ववियुको २४ औँ महाधिवेशन काठमाडौँमा जारी छ । पार्टी हाइ कमान्डले अनेरास्ववियुको नेतृत्व सर्वसम्मत चयन गर्न निर्देशन दिएको थियो ।

चुनावको माग गर्दै होहल्ला र नाराबाजी गरेपछि निर्वाचन कार्य तालिका सार्वजनिक गरिएको हो । कार्य तालिका अनुसार उम्मेदवारको दर्ता फारम ३ देखि ५ बजेसम्म वितरण गर्ने, ४ देखि ६ बजेसम्म दर्ता गर्ने उल्लेख थियो । मतदान बिहान १० बजेदेखि ५ बजेसम्म हुने उल्लेख छ । मतदानको समय केही ढिलो हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय