
राजनीति देश, समाज वा समुदायको विकासका लागि अत्यन्त महत्त्वपूर्ण क्षेत्र हो। तर, वर्तमान समयमा राजनीति धेरै हदसम्म अवसरवाद, भ्रष्टाचार र व्यक्तिगत स्वार्थमा केन्द्रित देखिन्छ। यस्तै अवस्थालाई बदल्नका लागि संस्कारी राजनीति आवश्यक छ, जसले नैतिकता, इमान्दारी, पारदर्शिता र सेवाभावलाई प्राथमिकता दिन्छ। तर अहिलेको अवस्थामा धेरै जसो युवाहरु आफ्नो समाज प्रति उतरदायी नभई पदको लागी आफ्नो स्वाभिमानको दावमा राखेर राजनितिको नाममा दासको बाटाेमा हिडदै छन । त्यसैले युवाहरुको बुझाइमा राजनीति फोहोरी खेल हो। राजनीति कसरी फोहोरी हुन्छ । राजनितिबाट नै राज्य सञ्चालन हुन्छ भन्ने हाम्रो समाजमा किन राजनिति फोहरी हो भन्छन् । खासमा यो खेलका खेलाडी चाहिँ फोहोरी भएका हुन्। सत्ता र पैसाको लोभ र उन्मादले राजनीतिका खेलाडीहरूलाई धमिल्याएका कारण यो खेललाई फोहोरी ठानिएको मात्र हो। हामी युवाहरुले राजनिती प्रति सकारात्मक सोच राख्दै सभ्य समाजको निर्माण गर्न राजनीति शक्ति प्राप्त गर्न होइन, जनताको सेवा गर्नको लागि गर्नुपर्छ।
सन् १९६३ मा दुई राजनीतिक शास्त्री गाब्रियल अल्मोन्ड र सिड्नी भोर्वाले जर्मनी, इटाली, मेक्सिको, बेलायत र अमेरिकामा आधारित भएर राजनीतिमा संस्कारसम्बन्धी अध्ययन गरेका थिए । जनता राजनीतिक प्रक्रियामा समाहित हुन्छ कि हुँदैन भन्ने कुरा राजनीतिक संस्कारले निर्धारण गर्छ । राजनिति गर्न युवाहरुलाई सदाचारयुक्त जीवनशैली नेताहरूबाट नैतिकता, शालीनता र सेवामुखी जीवनशैली अपनाउनाई लोभ-लालच, शक्ति दुरुपयोग जस्ता प्रवृत्तिबाट टाढा रहनुपर्छ। युवाहरु देश, समाजको भबिष्य हुन।