
वीरगन्ज , २२ जेठ ।
नेकपा एमालेका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रभु हाजराको पहलमा पर्सा निर्वाचन क्षेत्र १ मा विभिन्न योजना छनौट भएका छन ।
उनले आगामी आर्थिक बर्ष २०८२/०८३ को बजेटमा क्षेत्र नम्बर १ को ग्रामीण देखि र शहरका क्षेत्रमा विभिन्न योजना छनौट गराएका बताएका छन ।
उनले वीरगन्ज महानगरपालिका वडा २० को गढिमाई मन्दिर देखि डोरु सम्म सडक स्तोरोन्नती गर्न बजेट छुटाउन लगाएको बताए ।
उनका अनुसार सरकार गरेको बजेट भासणको बजेट पुस्तिकामा ग्रामीण वडामा शहरी बिकास मन्त्रालय मार्फत उक्त बजेट छुटयाउन लगाएको अवस्था छ ।
यस्तै मधेस प्रदेश कै ठुलो वीरगन्जको नारायणी रंगशाला र निर्माणाधीन बहुउद्देश्यीय कबर्ड हलमा बजेट माग गरेको बताए ।
निर्वाचन क्षेत्र १ कै वीरगन्ज महानगरपालिका २१ पटेलनगरमा पुरानो वडा कार्यालय भवन आसपास र वीरगन्ज महानगरपालिका ३१ सोलखपुर आसपासको सडक स्तोरोन्नती गर्न बजेट माग गरेको बताए ।
यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर ११ को नेपाल राष्ट्रिय बिधापिठ मावी र श्रीपुर विद्यालयको भवन स्तोरोन्नती र वडा नम्बर १६ को भुटनदेवी माई मन्दिरमा पार्क निर्माणको लागि पनि बजेट आएको उनले बताए ।