oplus_0

वीरगन्ज ,३ जेठ । वीरगन्ज महानगरपालिका वडा नम्बर २० हरपतगन्जमा रहेको गोल्डेन बालिटा स्कुलमा स्थानीय अपराधीक मानसिकताका केहि युवाहरुले तोडफोड गर्दै शिक्षकहरु दुर्ववहार गरेका छन ।

स्थानीय अपराधीक मानसिकता भएका युवाहरु विद्यार्थीलाई जिस्काउने , अश्लील शब्द गर्ने गरेको गुनासो पछी विद्यालयका संचालकले प्रहरीमा निवेदन दिएपछि उनीहरू तोडफोड र दुर्ववहारमा उत्रेका हुन ।

गोल्डेन बाटिका विद्यालयका संचालक लालबाबू यादवका अनुसार हरपतगन्ज निवासी केहि अपराधीक मानसिकताका युवाहरु शनिबार बिहान विद्यालयमा प्रवेश गरेर तोडफोड र शिक्षकलाई दुर्ववहार गरेका छन ।

बाहिरबाट सामुहिक रूपमा झुन्ड बनाएर आपराधिक मानसिकताका साथ विद्यालयमा प्रवेश गरेर धनजनमा क्षति पुर्याएको संचालक यादवले बताए ।

बिगतमा उनीहरू गलत हर्कत गर्दै आएको भएपनि सम्झाएर पटकपटक पठाइएको र अन्ततः उनीहरू अपराधमा उत्रेको उनले बताए ।

विद्यालयमा क्षति गर्ने युवाहरु एउटै समुदायको रहेकाले उनीहरूको पहिचान पनि भइसकेकाले कानुनी उपचारमा अगाडि बढेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय