२ वर्षभन्दा लामो समयको निलम्बन फुकुवापछि क्रिकेटर आदिल अन्सरीले माया, दुआ र आशीर्वादले फेरि क्रिकेट खेल्ने बताएका छन् । निलम्बन फुकुवापछि सामाजिक सन्जालमार्फत अन्सरीले आफ्नो परिवार, क्रीकेट समर्थक र नेपाल क्रिकेट संघ क्यानलाई धन्यवाद दिएका हुन् ।

नेपाल क्रिकेट संघ(क्यान)ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा सहभागिता जनाउन पाउने आइतबार २१ गतेदेखि आलमको प्रतिबन्ध फुकुवा गरेको हो ।

२०७९ पुस ९ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुर, काठमाडौंमा क्यानले आयोजना गरेको नेपाल टी२० क्रिकेट लिग प्रतियोगिता दौरान स्पट फिक्सिङको आरोप लागेको आलमलाई एन्टी करप्सन कोडबमोजिम कुनैपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय